९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


ईश्वरमान सिंह खेलकुद पत्रकारिता पुरस्कारबाट ६ जना खेलकुद पत्रकार सम्मानित


0
Shares

काठमाडौं, वैशाख २९ । ईश्वरमान सिंह खेलकुद पत्रकारिता पुरस्कारबाट ६ जना खेलकुद पत्रकार सम्मानित भएका छन् ।

नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार मञ्चले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा २५ हजार रुपैयाँ राशीको वर्षको उत्कृष्ट खेल पत्रकारिता पुरस्कार नागरिक दैनिकका अजय फुयाल र राजधानी दैनिकका रामसुदन तिमल्सिनालाई प्रदान गरिएको छ ।

यस्तै, श्रव्यदृष्य खेलकुद पत्रकारिता पुरस्कारबाट सगरमाथा टेलिभिजनका राजेश थापामगर र खेलकुद फोटो पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोष्टका रजेन्द्र केसी सम्मानित भए । उनीहरुले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रममा नेपाल ओलम्पिक संग्राहालयले प्रदान गर्ने खेलकुद अभिलेखीकृत पत्रकारिता पुरस्कार एभिन्युज टेलिभिजनकी सरिता श्रेष्ठले प्राप्त गर्दा बुद्धिचाल संघले प्रदान गर्ने पुरस्कार राजधानी दैनिकका राजेन्द्र श्रेष्ठले प्राप्त गरे । दुबै पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।