६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


चार जना रेल यात्रुलाई छुरा हानी हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड


0
Shares

काठमाडौं, बैशाख २९ । ताइवानमा रेलमा यात्रा गरिरहेका चार यात्रुको छुरा हानी हत्या गर्ने ब्यक्तिलाई मृत्युदण्ड दिइएको छ ।

सन् २०१४ को मे मा ताइवानको ताइपेईमा २३ वर्षीय चेङ छिले बसमा सवार चार जनाको छुरा हानी हत्या गरेका थिए ।

घटनामा अन्य २२ जना घाइते भएका थिए । हत्या स्वीकारेका छिलाई अदालतले दिमागी अवस्था ठीक रही नियोजित रुपमा हत्या र हत्या प्रयासको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो ।

सन् २०१० पछि ताइवानमा पुनः मृत्युदण्डको सुरुवात गरिएको थियो । पाँच बर्षको अन्तरालमा ताइवानमा ४२ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । (एजेन्सी)