६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


राष्ट्रपति ओबामा जापानी शहर हिरोशिमा जाने


0
Shares

काठमाडौं, बैशाख २९ । अमेरिकी राष्ट्रपति बराक ओबामा यसै महिना जापानी शहर हिरोशिमा जाने भएका छन् ।

पदमै रहेर हिरोशिमा जानेमा ओबामा नै पहिलो अमेरिकी राष्ट्रपति हुनेछन् । दोस्रो विश्वयुद्धका समय सन् १९४५ मा अमेरिकाले नै हिरोशिमामाथि परमाणु बम प्रहार गरेको थियो ।

जसका कारण १४ लाख मानिस मारिएका थिए । अमेरिकाले जापानको अर्को शहर नागासाकीमा पनि परमाणु बम प्रहार गरेको थियो ।

दुई शहरमा परमाणु बम आक्रमण गरिएपछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । यसअघि पदबाट हटिसकेपछि जिम्मी कार्टरले पनि हिरोशिमाको भ्रमण गरेका थिए ।

परमाणु हतियारमुक्त संसारमा शान्ति र सुरक्षाको प्रतिवद्धताप्रति बल पुर्‍याउन राष्ट्रपति ओबामा जापानी प्रधानमन्त्री सिन्जो आबेका साथ हिरोशिमा जाने निर्णय भएको ओबामाका प्रेस सचिवले जानकारी दिएका हुन् ।

ओबामा जी सेभेनको सम्मेलनका क्रममा जापान जाने भएका हुन् । (एजेन्सी)