
काठमाडौं, वैशाख २८ । मंगलबार पनि सुनको मूल्यमा कमी आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन पनि स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले कमी आएर ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार १ सय रुपैयाँले कमी आएर ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य पनि १५ रुपैयाँले झरेर ७ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंन्स १२ सय ६४ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्