९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


फ्रान्समा हुने युरोकप फुटबल हेर्ने चिट्ठा नेपालबाट कसले जिते ?


0
Shares

काठमाडौं, वैशाख २८ । काल्सबर्ग बियरको ‘लिभ इट लाइभ’ कार्यक्रमअन्तर्गत् फ्रान्समा हुने युरोकप फुटबल प्रतियोगिता हेर्ने चिट्ठा नेपालबाट जापानी नागरिकले जितेका छन् ।

लक्की ‘ड्र’मार्पmत् एकजना उपभोक्ता र १० ‘ट्रेड पार्टनर’ छनोट गरिएकोमा जापानी नागरिक युको खाताकी छनोट भएका हुन् ।

उनले आगामी जुन १७ मा हुने इटाली र स्वीडेनबीचको खेल अतिविशिष्ट अतिथिकोरुपमा हेर्न पाउनेछन् ।

खाताकी विदेशी नागरिक भएकाले उनलाई भिसाको समस्या भए वैकल्पिक विजेताकोरुपमा ठमेलका हिमाल पुरी र बौद्ध, टुसालका निशान तामाङलाई लक्की ड्रमार्फत छानिएको छ ।

मंगलबार राजधानीमा आयोजित लक्की ड्रमार्पmत् युरोकपअन्तर्गत् आइसल्यान्ड र अष्ट्रियाबीचको खेल हेर्न जान पाउने गरी क्लासिक बर्ग नामक स्टोरलाई छनोट गरिएको छ ।

काल्सबर्ग बियर युरोकप फुटबल प्रतियोगिताको प्रमुख प्रायोजक हो ।

राष्ट्रिय फुटबल टिमका कप्तान बिराज महर्जन, प्रशिक्षक राजुकाजी शाक्य र पूर्वमिस नेपाल इभाना मानन्धरले लक्की ड्रमार्फत् विजेताहरुको नाम घोषणा गरेका थिए ।