
काठमाडौं, वैशाख २८ । जिश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई छिटै साधारणसभा गरी रिक्त रहेको अध्यक्षको पदपूर्ति गर्न निर्देशन दिएको छ ।
फिफाले एन्फालाई पत्रचार गर्दै बर्खास्त गरिएका एन्फाका तीन उपाध्यक्षहरु कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर झापाली तथा केन्द्रीय सदस्य पंकज नेम्वाङलाई पुनर्बहाली गरी चाँडै अध्यक्ष चुन्न निर्देशन दिएको हो ।
फिफाले एन्फा अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अभियोगमा १० वर्ष प्रतिबन्ध गरेसँगै एन्फामा अध्यक्षको पद खाली छ ।
गणेश थापा प्रतिबन्धमा परेपछि कार्यसमितिमै नरहेका नरेन्द्र श्रेष्ठलाई एन्फाले कार्यबाहक अध्यक्ष नियुक्त गरेको थियो ।
यसैबीच, एन्फाका प्रवक्ता इन्द्रमान तुलाधरले कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतका पदाधिकारी मेक्सिकोमा फिफाको एक कार्यक्रममा भाग लिन गएका कारण उनीहरु फर्किएपछि कार्यसमितिको बैठक बसी यस विषयमा निर्णय गर्ने बताएका छन् ।
तुलाधरले फिफाका पदाकिारीहरुले एन्फाका पदाधीकारीसँग मेक्सिकोमै पनि यस विषयमा छलफल गर्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्