
काठमाडौं, वैशाख २८ । अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले लन्डनका नवनिर्वाचित मेयर सदिक खानलाई अमेरिका भ्रमण गर्न दिनेबाहेक अरु कुनै मुसलमानलाई अमेरिका प्रवेश गर्न नदिने बताएका छन् ।
ट्रम्पले आफू राष्ट्रपति निर्वाचित भए मुस्लिमहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने प्रस्ताव गर्दै आएका छन् ।
लन्डनका मेयर सदिकले ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए आफूले अमेरिका भ्रमण गर्न नपाउने भन्दै चासो व्यक्त गरेका थिए ।
‘टाइम म्यागाजिन’लाई अन्तर्वार्ता दिँदै सदिकले अमेरिका गएर अमेरिकी मेयरहरुसँग भेट्न चाहेको बताएका थिए ।
गत वर्ष प्यारिस आक्रमणमा १ सय ३० जनाको हत्या भएपछि ट्रम्पले अमेरिकी सुरक्षाका लागि भन्दै मुस्लिमहरुलाई अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने प्रस्ताव गरेका हुन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्