६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


राहुल गान्धीलाई मार्ने धम्की ?


0
Shares

नयाँदिल्ली, वैशाख २८ । भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई हत्याको धम्की आएको छ । सो धम्कीपछि उनले दक्षिणी भारतको भ्रमण पनि रद्द गरेका छन् ।

गान्धी भारतको मुख्य प्रतिपक्षी दल कांग्रेसका दोस्रो वरीयताका नेता हुन् । उनले पडुचोरी, तामिल नाडु, केरलालगायतका दक्षिणी भारतीय क्षेत्रको भ्रमण गर्ने कार्यक्रम थियो ।

सोमबार राति सो धम्की आएको र त्यसपछि उनले भ्रमण रद्द गर्नुपरेको भारतीय सन्चारमाध्मले जनाएका छन् ।

नेता गान्धीले भने आफ्नो भ्रमण रद्द गर्नुपरेकोमा क्षमायाचना गरेका छन् ।

उनी यही मे १६ मा हुन गइरहेको स्थानीय निर्वाचनका लागि ती क्षेत्रमा जान लागेका थिए ।

उनले आफूलाई ज्वरो आएकोले सो भ्रमण रद्द गर्नुपरेको जनाएका थिए । तर, पार्टीले भने उनलाई मार्ने धम्की पोडुचरीबाट आएकोले सो भ्रमण रद्द गरिएको बताएको छ ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले भारत सरकारले उनको भ्रमणका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिएका थिए । रासस/एपी