
काठमाडौं, वैशाख २८ । जर्मनीको पूर्वी म्युनिखमा एक व्यक्तिले चक्कुले आक्रमण गरी एकजनाको हत्या गरेका छन् ।
स्थानीय ग्राफिङ स्टेसनमा गरिएको आक्रमणमा अरु तीनजना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ ।
आक्रमणकारी जर्मन नागरिकलाई प्रहरीले पक्रेको छ । घटनामा इस्लामिक संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ ।
आक्रमण के कारणले गरियो भन्ने खुल्न सकेको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्