८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


पर्यटक आकर्षित गर्न ‘लसुन स्तम्भ’ निर्माण (भिडियो हेर्नुहोस)


0
Shares

तेह्रथुम, बैशाख २८ । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित लसुने बजारमा ‘लसुन स्तम्भ’ निर्माण गरिएको छ । पर्यटकलाई आकर्षित गर्न स्थानीयबासिन्दाले लसुनको पोटी आकारको ‘लसुन स्तम्भ’ निर्माण गरेका हुन् ।

स्तम्भ निर्माणका लागि ९ लाख रुपैयाँ खर्च भएको बताइएको छ । तीनजुरे मिल्के जलजले, रातपोखरी, पात्लेपोखरी र आकर्षक चिया बगानलगायत क्षेत्रमा आउने पर्यटकको आवतजावत भइरहेको लसुने बजारको मुख्य चोकमै स्थानीयवासीले लसुनको पोटी आकारकै स्तम्भ निर्माण गरेका हुन् ।