६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


शेयर बजारमा उचाइको नयाँ रेकर्ड राख्नेक्रम जारी


0
Shares

काठमाडौं, वैशाख २७ । सोमबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार आएर उचाइको नयाँ रेकर्ड राख्नेक्रम जारी रह्यो ।

कारोबार सुरु भएदेखि बुलिस ट्रेन्डमा रहेको बजार परिसूचक नेप्से १० अंकले उकालो लागेर १४ सय ८२ को नयाँ उचाइमा पुगेर थामियो ।

कारोबार भएका सबै समूहमा सुधार आयो । कारोबार पनि उच्च रह्यो । बीमा समूहमा सबैभन्दा उच्च ८२ अंकको बृद्धि आयो ।

अन्य समूह दोहोरो अंकले उकालो लाग्यो । वाणिज्य बैंक र विकास बैंक समूह पनि ८/८ अंकलै उक्लिए । अरु समूह सामान्य अंकले सकारात्मक रहेका हुन् ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३२ कम्पनीको १५ लाख ८० हजार कित्ता शेयर १ अर्ब रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।