३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


रुसले यसरी गर्‍यो सैन्यशक्ति प्रदर्शन, फाइटर–बमवर्षक विमान उडाइयो (फोटोफिचर)


0
Shares

काठमाडौं, वैशाख २७ । रुसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि विजय हासिल गरेको ७१ वर्ष पुगेको अवसरमा सोमबार विशेष सैन्यपरेड आयोजना गरेको छ ।

राजधानी मस्कोमा आयोजित सैन्यपरेडमा लामो दूरीको आणविक मिसायललगायत नयाँ सैन्यसामग्री प्रदर्शन गरिएका छन् ।

रेड स्क्वायरको आकाशमाथि फाइटर विमान, भारी बमवर्षक विमान र हेलिकोप्टर उडाइएका छन् ।

मार्चपासमा आतंकवादी र संगठित अपराधविरुद्ध काम गर्न गठित नयाँ नेसनल गार्डकोसमेत सहभागिता रहेको छ ।

सैन्यपरेडमा १० हजार सैन्यस्टाफ, १ सय ३५ अत्याधुनिक गाडी र ७१ विमानको प्रयोग गरिएको छ ।

नेटो गठबन्धन र युक्रेनसँगको संघर्षका कारण रुसले आफ्नो सैन्य क्षमतालाई आधुनिकीरण गर्न करोडौं डलर खर्च गरेको छ । (एजेन्सी)