९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


पोखरा स्पोर्टस् अवार्डमा पाँच विधामा उत्कृष्टलाई पुरस्कृत गरिने


0
Shares

पोखरा, वैशाख २६ । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा पोखरामा पहिलो पटक पोखरा स्पोर्टस् अवार्ड हुन लागेको छ ।

पोखरामा आज पत्रकार सम्मेलन गरी मञ्चले ५ विधामा उत्कृष्ट १–१ जनालाई अवार्ड प्रदान गर्ने जानकारी दिएको हो ।

लाइफ टाइम एचिभमेन्ट अवार्ड विधामा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा सम्मानित हुने छन् ।

जुरी कमिटीको सिफारिस र मञ्चको कार्यसमिति बैठकले पारित गरेअनुसार लाइफटाइम एचिभमेन्ट अवार्डबाट थापालाई सम्मान गर्न लागिएको हो । अन्य ४ विधाका ३/३ जना मनोनयनमा परेका छन् ।

उत्कृष्ट वर्ष खेलाडी पुरुषतर्फ फुटबलका हेमन्त गुरुङ, शारीरिक सुसगठनमा सुरेश गुरुङ र आर्चरीमा अशिम शेरचन परेका छन् । त्यस्तै महिलातर्फ झरना गुरुङ (उसु), मन्जु गुरुङ (भलिबल) र अरुणा शाही (भलिबल) रहेका छन् ।

उदीयमान खेलाडीतर्फ अभिषेक बास्तोला (टेनिस), शशी चौधरी (एथलेटिक्स) र ममता डगौरा (एथलेटिक्स) पनि मनोनयनमा परेका छन् ।

उत्कृष्ट प्रशिक्षकमा भने शम्भु केसी (फुटबल), कौशिला खत्री (भलिबल) र सुरेन्द्र गुरुङ (कराते) मनोनयनमा परेका छन् ।

छनौटका लागि ५ सदस्यीय छनौट समिति गठन गरिएको छ । वर्ष खेलाडीलाई २५ हजार रुपैयाँ तथा उत्कृष्ट प्रशिक्षक एवं नवप्रतिभा खेलाडीलाई जनही १० हजारसहित सम्मान गरिने छ ।

आगामी जेठ १ गते अवार्ड वितरण गरिने छ ।