३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


पाकिस्तानी पत्रकार तथा मानवअधिकार कार्यकर्ताको हत्या


0
Shares

इस्लामावाद, वैशाख २६ । पाकिस्तानका प्रख्यात पत्रकार एवं मानव अधिकारकर्मी खुर्राम जाकीको हत्या भएको छ । कराँचीस्थित एक रेष्टुराँमा खाना खाइरहेको बेला जाकीलाई मोटरसाइकलमा आएका चारजना शंकास्पद बन्दुकधारीले गोली हानी हत्या गरेका हुन् ।

आक्रमणमा अरु दुई जना घाईते भएका छन् । जाकी ‘लेट अस बिल्ड पाकिस्तान’ नामक वेभसाइटका सम्पादक थिए ।

प्रजातन्त्र र सुधारवादी मान्यतालाई बढावा दिने उक्त वेभसाइटको साम्प्रदायिकतावादीहरुले विरोध गर्दै आएका थिए ।

पाकिस्तानी तालिवानका प्रवक्ताले हमलाको जिम्मेवारी लिएका छन् । उनले इस्लामावादको लाल मस्जिदका इमाम अब्दुल अजीजविरुद्ध जाकीले दिएको अभिव्यक्तिका कारण हत्या गरिएको बताए ।

जाकी र अन्य केही अधिकारवादीले इमाम अजीजविरुद्ध द्वेष र हिंसा भड्काउने काम गरेको आरोपमा उजुरी दिएका थिए ।

वेभसाइटका कर्मचारीहरुले जाकीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लडाकु समुहहरु विरुद्ध निरन्तर डटिरहने प्रतिबद्धता जनाएका छन् । (एजेन्सी)