६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


नक्कली पेस्तोल सहित तीनजना पक्राउ


0
Shares

काठमाडौं, वैशाख २६ । महानगरीय प्रहरी बृत लैनचौरबाट खटिएको प्रहरी टोलीले प्लाष्टिकको नक्कली पेस्तोल सहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर उपमहानगरपालिका–१४ पाटन बस्ने २४ बर्षीय राजिव श्रेष्ठ, काठमाडौं महानगरपालिका–२९ ठमेल बस्ने २२ बर्षीय उदेव मनिस खाँन र गल्कोपाखा बस्ने २१ बर्षीय आयुष श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई प्रहरीले शनिबार काठमाडौं महानगरपालिका–१६ कुमारी क्लब चोकबाट १ थान प्लाष्टिकको पेस्तोल सहित पक्राउ गरेको आइतबार जनाइएको छ ।