८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेप्सेसहित कारोबार परिमाणमा पनि गिरावट


0
Shares

काठमाडौं, वैशाख २५ । यो साता शेयर बजार परिसूचक नेप्सेसहित कारोबार परिमाणमा पनि गिरावट आयो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ११ अंकले घटेर अन्तिम दिन १४ सय ६३ अंकमा आइपुग्यो । गत साता नेप्से १० अंकले बढेको थियो ।

यो साता होटल समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आयो । व्यापार समूह भने स्थिर रह्यो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ४४ कम्पनीहरुको चार अर्ब ५९ करोड ९५ लाख रुपैयाँ बराबरका ६९ लाख ३५ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।

यो साता कारोबार रकमको आधारमा एभरेस्ट बैंक, कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ लगानी बृद्धि योजना–१ र कारोबार संख्याको आधारमा नेपाल बंगलादेश बैंक लिमिटेड अग्रस्थानमा रहे ।

एभरेस्ट बैंकलाई नेपाल बंगलादेश बैंक, एनआइसी एसिया बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र नेपाल बैंकले क्रमशः पच्छ्याउन पुगे ।