
काठमाडौं, वैशाख २५ । नेपाल खेलकुद पत्रकार मञ्चले महेश आचार्यलाई नयाँ अध्यक्षमा चुनेको छ ।
शनिबार राजधानीमा भएको मञ्चको १२औं साधारणसभाले आचार्यलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
त्यसैगरी, सभाले प्रथम उपाध्यक्षमा देवेन्द्र सुवेदी, महासचिवमा प्रकाश तिमिल्सिना, सचिवमा राजु घिसिङ, कोषाध्यक्षमा प्रज्जवल ओली र चार सदस्यहरु गोविन्द रेग्मी, आदर्श ढकाल, कमल क्षेत्री र अञ्जन खड्कालाई निर्विरोध निर्वाचित गरेको छ ।
दुई उपाध्यक्षका लागिमात्र भएको मतदानमा सन्जीव शिल्पकार र श्रीलोचन राजोपाध्याय विजयी हुँदा निरञ्जन अधिकारी र सरिता श्रेष्ठ भने पराजित भएका छन् ।
यसैबीच, मञ्चले वरिष्ठ खेल पत्रकार गोपाल बस्नेतलाई एनएसजेएफ पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
झन्डै चारदशक खेल पत्रकारिता गर्नेक्रममा बस्नेत छापादेखि विद्युतीय सन्चारमाध्यममा सक्रिय छन् ।
यसअघि, साधारणसभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्