
काठमाडौं, बैशाख २५ । अमेरिकी रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारीको होडमा रही प्रतिस्पर्धाबाट बाहिरिएका जेब बुशले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा पार्टीका तर्फबाट उम्मेद्वारीमा करिब निश्चित मानिएका डोनाल्ड ट्रम्पलाई भोट नदिने घोषणा गरेका छन् ।
फ्लोरिडा राज्यका पूर्व गभर्नरसमेत रहेको पूर्व राष्ट्रपति जर्ज बुशका छोरा र भाई जेबले ट्रम्पलाई सघाउन अस्विकार गरेसँगै रिपब्लिकन पार्टीभित्रको अन्तरविरोध सार्वजनिक भएको हो । जेब बुशको यस निर्णयमा थुप्रैं रिपब्लिकन शीर्ष नेता पनि साथ दिएका छन् । –एजेन्सी
प्रतिक्रिया दिनुहोस्