
काठमाडौं, वैशाख २४ । धितोपत्र बोर्डले ओभर द काउन्टर (ओटीसी) बजारको प्रयोग गर्न लगानीकर्तालाई आग्रह गरेको छ ।
बोर्डले शुक्रबार विज्ञप्ति जारी गरी ओटीसी बजारको सदुपयोग गर्न आग्रह गरेको हो ।
सूचीकरण खारेज भएका, सूचीकरणका लागि आधारहरु पूरा गर्न नसकेका र सूचीकरण प्रक्रियामा नआएका अन्य पब्लिक लिमिटेड कम्पनी तथा सरकारी संस्थाले सार्वजनकि निश्कासन गरेका धितोपत्रहरु ओटीसी बजारमा कारोबार हुनसक्छन् ।
बोर्डले गत पुसमा नै कम्पनी रजिष्ट्रारको कार्यालयलाई ओटीसी बजारमा कारोबार हुनसक्नेबारे जानकारी गराइ कार्यालयले माघ २१ मा पब्लिक लिमिटेड कम्पनीहरु ओटीसीमा दर्ता गर्नुपर्नेसम्बन्धी सूचना जारी गरी ओटीसी बजार अगाडि बढिरहेको छ ।
ओटीसी बजारमा हालसम्म चारओटा कम्पनीको ८ लाख २८ हजार कित्ता बराबर शेयर कारोबार भैसकेको बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्