६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मौसम सुचकांकमा आधारित स्याउ खेती बिमा शुरु


0
Shares

जुम्ला, वैशाख २४ । कर्णालीको जुम्लाबाट मौसम सुचकांकमा आधारित स्याउ खेती बिमा शुरु गरिएको छ ।

जुम्लामा स्याउको अत्याधिक उत्पादन हुने र अर्गानिक स्याउको पहिचान कायम राख्न सफल भएको भन्दै शिखर ईन्स्योरेन्सले स्याउ खेती विमाको शुरुवात गरेको हो ।

बिमा समितिका अध्यक्ष डा. फत्तबहादुर केसीले स्याउ खेती बिमाको उद्घाटन गरे ।

समयमै वर्षा नहुँदा फूल कम लाग्ने र स्याउको उत्पादन कम हुने समस्या बेहोरिरहेका किसानलाई स्याउ खेती बिमाले निकै राहत पुग्ने अपेक्षा गरिएको छ । बिमा गरेका किसानले मध्य चैतदेखि मध्य जेठसम्म ६० मिलिलिटर वा सोभन्दा कम वर्षा भएमा स्वतः क्षतिपूर्ति पाउने छन् ।

शिखर ईन्स्योरेन्सले ‘सक्षम एक्सन टु फाईनान्स’ कार्यक्रमको सहयोगमा नेपालमा पहिलो पटक स्याउ खेती गर्ने किसानलाई लक्षित गरेर बिमा शुरु गरेको हो ।