
महेन्द्रनगर, वैशाख २४ । कञ्चनपुरको महेन्द्रनगरस्थित संगम होटेलमा दुईजना कामदारको गएराति विभत्स हत्या भइको छ भने एकजना घाइते भएका छन् ।
उनीहरुलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको छ । हत्या हुनेमा ४५ वर्षीय कृष्ण सिंह विष्ट र २० वर्षीय भीम रोकाया रहेका छन् ।
४२ वर्षीय पदमराज जोशी घाईते भएकोे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता केदार खनालले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पताल लगिएको छ भने घाईतेको उपचार कोहलपुर मेडिकल कलजेमा भईरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल बाहिर एकजोर चप्पल भेटिएकाले घटना रहस्यमयी पनि हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घाईतेको अवस्था सुधार भए अनुसन्धान गर्न सजिलो हुने प्रहरी प्रवक्ता खनालले बताए ।
प्रतिक्रिया दिनुहोस्