६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


काष्ठमन्डपको पुनःनिमाणबारे छलफल, १० करोड विनियोजन


0
Shares

काठमाडौं, वैशाख २३ । हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमले भूकम्पका कारण क्षति पुगेको काष्ठमन्डपको पुनःनिर्माणबारे स्थानीयबासिन्दासँग छलफल गरेको छ ।

काष्ठमन्डप पुनःनिर्माणका लागि पुरातत्व विभागले दिएको नक्सालाई लिएर विहीबार स्थानीयबासिन्दाको राय लिइएको हो ।

हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख नरेन्द्रविलास बज्रचार्यले स्थानीयबासिन्दाको रायको आधारमा काष्ठमन्डप पुनःनिर्माणको काम अघि बढाइने बताए ।

काष्ठमन्डप पुनःनिर्माणका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।