६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कसरी गरिन्छ कृषक परिचयपत्र वितरण ? यसरी हुँदैछ वर्गीकरण


0
Shares

काठमाडौं, वैशाख २३ । कृषि विकास मन्त्रालयले देशभर कृषक परिचयपत्र वितरण गर्नका लागि छिट्टै अध्ययन गर्ने भएको छ ।

मन्त्रालयकाअनुसार देशभर करिब ४४ लाख घरधुरी रहेकामा ३४ लाख घरधुरी कृषकका रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. योगेन्द्र कार्कीकाअनुसार कृषि मजदुर, स–साना सीमान्त कृषक, अर्ध व्यावसायिक कृषक र व्यावसायिक कृषककारुपमा उनीहरुलाई चार भागमा वर्गीकरण गरिएको छ ।

यसरी कृषकको उत्पादनको क्षमता अनुसारको सेवा–सुविधा उपलब्ध गराउनका लागि परिचयपत्र वितरण गरिनेछ ।

त्यस्तै, कस्ता कृषकसँग के–कति जमिन छ ? त्यसको लगत लिने तथा के–कति बाली, वस्तु उत्पादन गर्न सक्दछन् ? र, उनीहरुको आम्दानी के–कति हुन्छ ? त्यसका आधारमा उनीहरु वर्गीकरण हुनेछन् ।

त्यसैगरी, परिवारको संख्या के–कति छ ? ती परिवारमध्ये के–कति कृषिमा आधारित छन् तथा अन्य व्यवसायमा आश्रित छन् त्यसकाबारेमासमेत सूचना संकलन गरिनेछ । रासस