
काठमाडौं, बैशाख २३ । अवुधाबीबाट इन्डोनेसियाका लागि उडान भरेको इतिहाद एअरलाइन्सको बिमानमा खराबी आएपछी आपतकालिन अवतरण गर्दा ३० जना यात्रु घाइते भएका छन् ।
अवधाबीबाट इन्डोनेसियाको जाकार्ताका लागि ४५ मिनेको उडान भरेपछी बिमानको इन्जिन तातेपछी जाकार्तामै आपतकालीन अवतरण गराइएको हो ।
बिमानमा खराबी आएको सूचना चालकदलका सदस्यहरुले दिएपछी बिमानमा सवार यात्रुहरुबीच रुवाबासी चलेको थियो ।
घटनाका कारण बिमानमा रहेका यात्रुहरुको सामानहरु नष्ट भएका छन् । घाइते मध्ये चालकदलका एक सदस्य पनि रहेको बुझिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्