६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बंगुल पालन व्यवसाय फापेन कृषकलाई


0
Shares

ताप्लेजुङ, बैशाख २३ । लाखौ रुपैयाँको लगानीमा बंगुल पालन व्यवसाय सुरु गरेका ताप्लेजुङका कृषकहरु व्यवसाय सुरक्षित नभएपछि व्यवसायनै परिवर्तन गर्न थालेका छन् ।

केहि समय अघि मात्र लहरकै रुपमा बंगुर पालन व्यवसायमा आकर्षित भएका उनिहरु लगानी अनुसारको बजार नपाउँदा व्यवसाय परिवर्तन गर्न लागेका हुन ।

सुरुकै लगानि तीन लाख भन्दा माथि पुग्ने, चाहिएको समयमा पशु शेवा कार्यलयबाट प्राविधिक र चिकित्सक नपाईने र उत्पादन गरेको मासुले समेत बजार नपाउने भएका कारण आफुहरु व्यवसाय परिवर्तन गर्ने मनस्थितिमा पुगेको स्थानिय व्यवसायीहरुको गुनासो छ । अहिले ताप्लेजुङ दर्जनौ व्यावसायीले बंगुरफाम संचालमा गरिरहेका छन ।