९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


धनकुटालाई धक्का, बीआरसी फाइनलमा


0
Shares

धनकुटा, वैशाख २२ । आयोजक धनकुटा–११ लाई हराउँदै बीआरसी भुटान धनकुटामा जारी सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइललमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा बीआरसीले आयोजकलाई ३–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

बीआरसीका लागि खेलको १२औं मिनेटमा गणेश खड्काले पहिलो गोल गरेका थिए । ५२औं मिनेटमा अफ्रिकन खेलाडी ओलावाले र ७६औं मिनेटमा सुमन लामाले गोल गरी टोलीलाई ३–० को सहज जित दिलाए ।

खेलको अन्तिम समयमा विपक्षी खेलाडीलाई डीबक्सभित्र लडाएर रातोकार्ड पाएपछि आयोजक धनकुटा १० खेलाडीमा सीमित भएको थियो ।

खेलको ‘म्यान अफ द म्याच’ बीआरसीका अफ्रिकन खेलाडी सिस्सोरो अवामा घोषित भए ।

प्रतियोगिताअन्तर्गत् विहीबार हुने दोस्रो तथा अन्तिम सेमिफाइनलमा साविक विजेता रमपम झापा–११ र गोधुली क्लब सुनसरी भिड्नेछन् ।