
काठमाडौं, वैशाख २२ । विश्वमा साढे सात करोड बालबालिका शिक्षाबाट बन्चित रहेको एक अध्ययनले देखाएको छ ।
युनिसेफकाअनुसार युद्धको चपेटामा परेका मुलुकका ३ देखि १८ वर्ष उमेरका ४६ करोड २० लाख बालबालिकामा चारमध्ये एकजनाले पढ्न पाएका छैनन् ।
सिरियामा गृहयुद्धका कारण ६ हजार विद्यालय बन्द छन् । संघर्ष चलिरहेका मुलुकमा छात्रको तुलनामा विद्यालय नजाने छात्राको संख्या साढे दुई प्रतिशतले बढी पाइएको छ ।
पूर्वी युक्रेनमा चलिरहेको संघर्षका कारण हरेक पाँचमा एउटा विद्यालय क्षतिग्रस्त भएको युनिसेफले उल्लेख गरेको छ ।
युनिसेफको रिपोर्टअनुसार शरणार्थीमा विद्यालय नजाने बालबालिकाको संख्या भने पाँच गुणा बढी छ ।
शिक्षाका लागि नयाँ आपत्कालीन कोषमा आगामी पाँच वर्षभित्र करिब ४ अर्ब डलर जम्मा हुने युनिसेफले आशा राखेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्