
धनकुटा, वैशाख २१ । झापा–११ धनकुटामा जारी सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार शेरे क्लब कालिङ्पोङ, भारतलाई १–० ले पराजित गर्दै झापा–सेमिफाइनलमा प्रवेश गरेको हो ।
झापाको जितमा खेलको २५औं मिनेटमा सञ्जोग राईले गरेको गोल नै निर्णायक बन्यो ।
खेलको ‘म्यान अफ द म्याच’ कालिङ्पोङका क्याप्टेन देवासिस राई घोषित भए ।
प्रतियोगितामा बुधबारबाट सेमिफाइनलका खेल हुनेछन् । बुधबार हुने पहिलो सेमिफाइनलमा आयोजक धनकुटा–११ र बीआरसी भुटान भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्