
कन्चनपुर, वैशाख २१ । कन्चनपुरको महेन्द्रनगरमा मंगलबारदेखि प्रथम इन्डो–नेपाल कराँते/किक बक्सिङ प्रतियोगिता सुरु भएको छ ।
जापान कराँते डो नान्बुकाई सितेरिया संघ नेपाल कन्चनपुरले गरेको प्रतियोगितामा नेपाल र भारतका गरी ८२ जना खेलाडी सहभागी छन् ।
नेपालका ६० जना र भारतका २२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता तीन दिनसम्म चल्ने छ ।
नेपाल र भारतबीचको सम्बन्ध खेलका माध्यमबाट सुधार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्