
सन्जीब बगाले/दिलिप पोखरेल (इमेज)
काठमाडौं, वैशाख २१ । व्यवस्थापिका–संसदको बजेट अधिवेशन सुरु भएसँगै सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो रणनीति तयार पार्न थालेका छन् ।
प्रमुख विपक्षी नेपाली कांग्रेस संसदको दोस्रो अधिवेशनमा कडारुपमा प्रस्तुत् हुने देखिएको छ ।
सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको भन्दै कांग्रेस सांसदहरुले सरकार परिवर्तनसम्मको आवाज उठाएका छन् ।
सरकार नै परिवर्तन गर्न नसके पनि नीति तथा कार्यक्रम र बजेटमा सरकारलाई अप्ठ्यारोपार्ने रणनीतिमा कांग्रेस देखिएको छ ।
त्यसैगरी, सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले रक्षात्मक अवस्थामा पुगेको देखिन्छ ।
मंगलबारदेखि सुरु भएको व्यवस्थापिका–संसदको दोस्रो अधिवेशनले धेरै महत्वपूर्ण काम गर्नुपर्ने छ ।
सरकारको नीति तथा कार्यक्रम र वार्षिक बजेट यही अधिवेशनमा पेश हुन्छ । यस्तो महत्वपूर्ण समयको सामना गर्न धेरै पार्टी सम्मिलित सरकारलाई सजिलो भने छैन ।
प्रमुख विपक्षी एवं संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सरकारका लागि खतराको घन्टी बनिसकेको छ ।
पुनःनिर्माणका काममा सरकारी ढिलासुस्तीले वर्षायाममा पनि भूकम्पप्रभावितले घर बनाउन नपाउने कांग्रेसको ठम्याइ छ ।
त्यतिमात्रै होइन, मधेस समस्या समाधान, विकास निर्माणलगायतका कामलाईसमेत सरकारले गति दिन नसकेको आरोप कांग्रेसका सांसदहरुले लगाएका छन् । उनीहरुले सरकारविरुद्ध कडारुपमा प्रस्तुत् हुने निर्णय गरिसकेका छन् ।
त्यतिमात्र नभइ कर्णालीमा तुवालोले पारेको असर, देशभरको खानेपानी अभाव, नाकाबन्दी हटेको लामो समयसम्म पनि उपभोग्य वस्तुको अभाव, महँगी र कालोबजारी नियन्त्रण गर्न नसकेको जस्ता आवाजलाई सशक्तरुपमा उठाएर सरकारलाई अप्ठ्यारो पार्ने रणनीति कांग्रेसको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्