१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयको शुल्क अनुगमन गर्ने


0
Shares

काठमाडौं, वैशाख २१ । संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयले मनोमानी ढंगले शुल्क लिएको भन्दै त्यसको अनुगमन गर्ने निर्णय गरेको छ ।

संयुक्त विद्यार्थी संगठनको आज राजधानीमा बसेको बैठकले निजीस्तरका क्याम्पस र बोर्डिङहरुले मनोमानी ढंगले शुल्क लिएको भन्दै भोलिदेखि अनुगमन गर्ने निर्णय गरेको हो ।
अनुगमन गर्दा शुल्कमा एकरुपता नभए सम्बन्धित निकायमा खवरदारी गर्ने जनाएको छ ।

उनीहरुले मुलुकमा कालोबजारी व्याप्त हुँदासमेत सरकार त्यसमा गम्भीर नभएको भन्दै सरकारको ध्यानाकर्षण गर्ने निर्णय पनि गरेको छ । नाकाबन्दी खुलेर आपूर्ति व्यवस्था सहज हुँदासमेत व्यवसायीहरुले इन्धनको अभावदेखाएर उपभोक्ता ठग्ने गरेको भन्दै त्यसकाबिरुद्ध आन्दोलनमा जाने घोषणा गरेको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए ।

सबैका लागि शिक्षा भन्ने सरकारी नारा कागजमै सिमित भएको भन्दै विद्यार्थी संगठनहरुले शिक्षा सर्वसुलभ हुनु पर्ने माग पनि गरेका छन् ।