
धनकुटा, वैशाख २० । धनकुटामा जारी सहिद भीमनारायण श्रेष्ठ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् सोमबार भएको खेलमा बीआरसी भुटान विजयी भएको छ ।
‘ट्राइबेकर’मा सशस्त्र प्रहरीको एपीएफलाई ४–१ ले पराजित गर्दै बीआरसी भुटानले विजयी सुरुआत गरेको हो ।
खेलको २२औं मिनेटमा ओलावालेले गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । तर, २६औं मिनेटमा सशस्त्रका मानबहादुर तामाङले गोल गर्दै खेल बराबरीमा पुर्याए ।
त्यसपछि निर्धारित् समयमा कुनै गोल हुन सकेन र खेल ट्राइब्रेकरमा धकेलियो ।
ट्राइबेकरमा भुटानका बुद्ध तामाङ, रुपेश केसी, मौसावालु र सुमन लामाले गोल गरे भने सशस्त्रका मिलन राईलेमात्र गोल गर्न सके ।
खेलको ‘म्यान अफ द म्याच’ भुटानका गोलकिपर दिनेश थापा घोषित भए ।
प्रतियोगिताको चौथो खेलमा मंगलबार गत वर्षको विजेता रमपम झापा–११ र शेरे क्लब भारत भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्