१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सिस्टम बसाउनतर्फ प्रधानमन्त्री लाग्नुपर्छ : नेपाल


0
Shares

विराटनगर, वैशाख २० । नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन गर्दैमा मुलुकका समस्या समाधान नहुने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले मुलुक चलाउने सिस्टम बसाउनतर्फ प्रधानमन्त्री लाग्नुपर्ने बताए ।

उनले दलका नेताहरुको कार्यशैली र बानी–व्यवहारमा भने परिर्वतन गर्न आवश्यक रहेको जिकिर गरे ।

नेता नेपालले प्रधानमन्त्री ओलीले अहिलेको विभिन्न चुनैतीलार्ई पार लगाउन सबैलाई साथमा लिएर अगाडि बढ्न जरुरी रहेको बताए ।