
पाल्पा, वैशाख २० । कृषि मन्त्री हरिबोल गजुरेलले सरकारले संविधान कार्यान्वयन र भूकम्पपछिको पुनर्निर्माणमा सोचेअनुसारको काम गर्न नसकेको स्वीकार गरेका छन् ।
क्रान्तिकारी पत्रकार संघले आज पाल्पामा गरेको पत्रकार सम्मेलनमा मन्त्री गजुरेलले राष्ट्रिय सहमति विना मधेस आन्दोलनको सम्बोधन र संविधान कार्यान्वयन गर्न कठिन हुने बताए ।
उनले संविधान कार्यान्वयन हुन नदिने चलखेल भएकाले कांग्रेससहितका दलहरुबीचको राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।
कृषि मन्त्रालयले कृषकको वर्गीकरण गरेर कृषि पेन्सन र कृषि पेशालाई आधुनिकीकरण गर्ने कार्यक्रम बजेटमा समावेश गर्न लागेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्