
मोरङ, असार २८ । मोरङको मिक्लाजुङ गाउँपालिका–९ मा पानीमा डुबेर बिहीबार दुईजनाको मृत्यु भएको छ ।
उर्लाबारी–१ बस्ने १९ वर्षीय दिलकुमार लिम्बूको साथीहरुसँग जमेको पानीमा पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको हो ।
यसैगरी, सोही ठाउँको राम्रीखोलामा डुबेर मिक्लाजुङ–९, महेशचोक बस्ने ७२ वर्षीय वृद्ध भीमबहादुर माझीको पनि मृत्यु भएको छ ।
बिहान घरबाट निस्किएका माझी बिहीबार दिउँसो खोला किनारमा मृतावस्थामा भेटिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्