९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


युभेन्टसद्वारा उपाधि रक्षा


0
Shares

काठमाडौं, वैशाख २० । यस वर्षको ईटालियन लिग अर्थात ‘सिरी ए’ को उपाधि युभेन्टसले जितेको छ ।

गएराति भएको खेलमा कार्पीलाई २–० ले हराउँदै युभेन्टसले लगातार पाँचौ पटक ईटालियन सिरी ए को उपाधि हात पारेको हो ।

युभेन्टसको निकटतम प्रतिद्वन्द्वी नापोली तेस्रो स्थानको एएस रोमासँग पराजित भएपछि सिजनमा दुई खेल खेल्न बाँकी छँदै युभेन्ट्सले उपाधि जितेको हो ।

उपाधि जित्ने क्रममा युभेन्टसले गएराति लगातार १० औं जित हात पा¥यो । लिगको उपाधि रक्षा गरेको युभेन्टस ईटालियन कप फुटबलको पनि फाइनलमा प्रवेश गरेको छ ।

सिजनको दोस्रो उपाधिका लागि युभेन्टसले यही मे २१ तारिखमा एसी मिलानसँग ईटालियन कपको फाईनल खेल खेल्नेछ ।