१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


भीमदत्त नगरपालिका कार्यालयमा कांग्रेस कार्यकर्ताद्वारा तालाबन्दी


0
Shares

कञ्चनपुर, वैशाख २० । कञ्चनपुरको भीमदत्त नगरपालिकामा कार्यकारी अधिकृत नियुक्तिको माग गर्दै नेपाली कांग्रेसका कार्यकर्ताले आज नगरपालिका कार्यालयको मूल गेटमा तालाबन्दी गरी धर्ना दिएका छन् ।

लामो समयदेखि कार्यकारी अधिकृत नहुँदा नगरपालिकाबाट हुने कामकाज ठप्प भएपछि स्थानीयलाई सास्ती भएको भन्दै कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्दै नगरपालिकाको कार्यालयमा तालाबन्दीसहित धर्ना दिएका हुन् ।

गत भदौमा कार्यकारी अधिकृतको जिम्मा पाएर आएका लोकबहादुर सुनार सरुवा भएर गएपछि भीमदत्त नगरपालिकामा हालसम्म ४ जना कार्यकारी अधिकृत नियुक्त भइसकेका छन् । तर कार्यकारी अधिकृत जिल्लामा आउन नचाहने र आए पनि बस्ने वातावरण नभएको भन्दै अन्तै सरुवा मागेर जाने गरेकाले लामो समय नगरपालिका कार्यकारी अधिकृतविहीन भएको छ ।

मुल गेटमै ताला लगाई स्थानीय कांग्रेस कार्यकर्ता धर्नामा बसेपछि नगरपालिकाको सामान्य कामसमेत पूर्णरुपमा ठप्प भएको छ ।