९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


राइजिङ पुणेको छैठौं पराजय, मुम्बई इन्डियन्सको पाँचौ जित


0
Shares

पुणे, वैशाख २० । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा राइजिङ पुणे सुपरजाइन्ट्सको छैठौं पराजय र मुम्बई इन्डियन्सको पाँचौं जित एकसाथ भएको छ ।

गएराति यी दुई टिमबीच भएको प्रतिश्पर्धामा मुम्बई इन्डियन्स आठ विकेटले विजयी भएको हो । जितसँगै जारी प्रतियोगितामा मुम्बईले आफ्नो पक्षमा नतिजा ल्याएको पाँचौं पटक हो भने पुणेले छैठौं पराजय व्यहोरेको हो । अहिलेसम्म मुम्बईले नौ खेल खेलिसकेको छ भने पुणेले ८ खेलबाट दुईवटामा मात्र जित हासिल गरेको छ ।

पुणेले पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा १५९ रन बनाएको थियो । पुणेका लागि सौरभ तिवारीले सर्वाधिक ५७ रन बनाए । त्यसैगरी स्टेभन स्मिथले ४५, महेन्द्रसिंह धोनीले २४ र थिसारा परेराले १२ रन बनाए । यसअतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रनको योगदान गर्न सकेनन् ।

१६० रनको लक्ष्य पाएको मुम्बईले ९ बल बाँकी छँदै जित हात पारेको हो । कप्तान रोहित शर्माले अविजित ८५ रन बनाए भने पार्थिव पटेलले २१, अम्बाती रायडुले २२ र जोस बटलरले २७ रन बनाए ।