
ध्रुव भट्टराई (इमेज)
विराटनगर, वैशाख १९ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको प्रथम राष्ट्रिय महाधिवेशन सोमबार (भोलि)देखि विराटनगरमा सुरु हुँदैछ ।
महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी फोरम लोकतान्त्रिक पार्टीले जानकारी दिएको छ ।
वैशाख २३ गतेसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्रमा प्रधानमन्त्री केपी ओलीदेखि भारतीय नेताहरुसमेत सहभागी हुने जनाइएको छ ।
विराटनगर रंगशालामा हुने उद्घाट्नसत्रमा सबै दलका शीर्ष नेताहरुसमेत सहभागी हुने जनाइएको छ ।
महाधिवेशनमा ६४ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरी कुल तीन हजारको सहभागिता रहने बताइएको छ ।
महाधिवेशनले पार्टीको नाम परिवर्तनसमेत गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्