९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


सागमा पदक विजेता तेक्वान्दो खेलाडी सम्मानित


0
Shares

काठमाडौं, वैशाख १९ । अन्तर्राष्ट्रिय नेप्लिज तेक्वान्दो संघले १२औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालका लागि पदक दिलाउने तेक्वान्दो खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।

आइतबार राजधानीमा कार्यक्रम गरी संघले भारतमा सम्पन्न १२औं सागमा नेपाललाई पदक दिलाएका तेक्वान्दो खेलाडी र अफिसियलहरुलाई सम्मान गरेको हो ।

संघले रजत पदक विजेता खेलाडीहरु रेजिना कार्की, यानकुमारी चौलागाइँ, निमा गुरुङ, ज्ञानी चुनारा, आयशा शाक्य, वीरबहादुर महरा र सक्षम कार्कीलाई जनही २० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

यस्तै, कास्य पदक विजेता खेलाडीहरु सुनील पौडेल, निश्चलमान श्रेष्ठ, रामहरि महत, चन्द्र राना र प्रेमबहादुर बुढाथोकीलाई जनही १० हजार रुपैयाँसहित सम्मानित गरियो ।

कार्यक्रममा प्रशिक्षकहरुलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।