१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


नेवि संघको महाधिवेशनको मिति तत्काल तोक्न निर्देशन


0
Shares

काठमाडौं, बैशाख १९  । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघको महाधिवेशनको मिति तत्काल तोक्न निर्देशन दिएका छन् ।

नेविसंघ अध्यक्ष रन्जित कर्णलगायत नेतालाई आज बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर सभापति देउवाले तत्काल मिति तोकेर अधिवेशनमा लाग्न निर्देशन दिनुभएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

नेविसंघमा आठ वर्षदेखि महाधिवेशन हुन सकेको छैन । महाधिवेशन गराउन भनेरै पटक पटक बनाइएको समितिले कामै नगरी समय गुजारिरहेका छन् ।

विद्यार्थी संगठनलगायत भ्रातृ संगठनको अधिवेशन नगर्दा संगठनको छवि बिग्रने भन्दै तत्काल अधिवेशनको मिति घोषणा गर्न नेविसंघ अध्यक्ष कर्णलाई देउवाले निर्देशन दिएका हुन् ।

नेविसंघ महाधिवेशनका लागि सहयोग गर्न पार्टीका तर्फबाटसंयन्त्र पनि बनाइने भएको छ ।

तत्कालीन अध्यक्ष प्रदीप पौडेलले राजीनामा दिएपछि ६ महिनाभित्र अधिवेशन गराउने म्यान्डेट पाएका कर्णले महाधिवेशन नगराएरै आठ वर्ष गुजारिसकेका छन् ।

अधिवेशन गर्न मिति पटक पटक तोकिएपनि पार्टीभित्रको गुटगत छायाँका कारण स्थगित हुँदै आएको छ ।