९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


लेष्टर सिटी पहिलो उपाधि जित्ने दाउमा, आज रोमाञ्चक भिडन्त


0
Shares

काठमाडौं, बैशाख १९ । इङ्गलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको लेष्टर सिटीले आज म्यान्चेस्टर युनाईटेडसँग खेल्नेछ ।

म्यान्चेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा हुने खेल जित्दै लेष्टर सिटी उपाधि जित्ने लक्ष्यमा रहेको छ ।

जारी लिगमा तीन खेल खेल्न बाँकी छँदा शिर्ष स्थानको लेष्टर सिटीले दोस्रो स्थानको टोटनह्याम हट्सपरसँग ७ अंकको अग्रता लिएको छ ।

आजको खेल जितेको खण्डमा सिजनमा दुई खेल खेल्न बाँकी छँदै लेष्टरले ऐतिहासिक उपाधि हात पार्नेछ । लेष्टर सिटीका लागि यो प्रिमियर लिग फुटबलको पहिलो उपाधि हुनेछ ।

अघिल्लो सिजनसम्म रेलीगेशनबाट बच्न संघर्ष गर्दै आएको लेष्टर सिटीलाई ईटालियन प्रशिक्षक क्लाउडीयो ¥यानेरीले यो सिजनमा निकै सशक्त बनाँउदै उपाधि होडमा पुर्‍याएका हुन् ।

लेष्टर सिटीले आज म्यान्चेस्टर युनाईटेड विरुद्धको खेल जित्न नसकेको खण्डमा उपाधिका लागि बाँकी दुई खेलमध्ये एक खेल जित्नुपर्ने हुन्छ ।

तर भोली हुने अर्को खेलमा चेल्सीले टोटनह्याम हट्सपरलाई हराएको खण्डमा भने लेष्टर सिटीले एक खेल पनि नजिती उपाधि पक्का गर्न सक्छ ।

लिगमा ३५ खेलबाट लेष्टर सिटीको ७६ अंक छ भने समान खेलबाट ६९ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा छ ।