
काठमाडौं, बैशाख १९ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राती भएका खेलहरुमा शिर्ष क्लवहरु आर्सनल र एभर्टन विजयी भएका छन् ।
शिर्ष चारभित्र पर्ने सम्भावना बलियो बनाउनेक्रममा आर्सनलले नर्वीच सिटीलाई १-० ले हरायो । आर्सनलका लागि ड्यानी वेलबेकले निर्णायक गोल गरे ।
शनिबार राती भएको अर्को खेलमा एभर्टनले बर्नमाउथलाई २-१ ले हरायो । खेलमा एभर्टनलाई विजयी गराउन टम क्लेभर्ली र लेईटन बेन्सले १-१ गोल गरे ।
प्रिमियर लिग अन्तर्गत शनिबार राती भएको अर्को खेलमा वेष्ट ह्याम युनाईटेडले वेष्ट ब्रोमलाई ३-० ले हराँउदा वाट्फोर्डले एस्टन भिल्लालाई ३-२ ले पराजित गर्यो ।
यसैगरी न्युकासल युनाईटेडले क्रिष्टल प्यालेसलाई १-० ले हराँउदा स्टोक सिटी र सण्डरल्याण्डले १-१ गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस्