
काठमाडौं, वैशाख १९ । भूकम्प र नाकाबन्दीले आन्तरिक अर्थतन्त्र थिलथिलो भएका बेला विदेशको कमाइ पनि घट्ने भएपछि मुलुकलाई अर्को वर्षदेखि अर्बौं रुपैयाँको क्षति हुने भएको छ ।
१० वर्षे माओवादी द्वन्द्वमा समेत अर्थतन्त्रको धड्कन मर्न नदिएको रेमिटेन्सले अर्को सालदेखि ठूलै झट्का दिने संकेत देखिन थालेको छ । मलेसियाको रोजगारी कटौतीका कारण केही समययता रेमिटेन्समा भारी गिरावट आउने बहस चलिरहेका बेला यस क्षेत्रमा फेरि नकारात्मक खबर आएको छ, त्यो हो रोजगारीको आकर्षक मुलुक कोरियाले कामदार कटौती गर्ने ।
दक्षिण कोरियाले आगामी वर्ष अधिकतम ३१ सय नेपाली कामदारमात्र लैजाने भएको छ । गत वर्ष आठ हजार पाँचसय जनाको कोटा थियो । – अन्नपूर्ण पोस्टबाट
प्रतिक्रिया दिनुहोस्