६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


चार अर्ब ५९ करोडको शेयर कारोबार


0
Shares

काठमाडौं, वैशाख १८ । यो साता पनि पूँजी बजारमा साढे चार अर्ब रुपैयाँ बढीको कारोबार भयो । शेयर बजार परिसूचक नेप्सेमा पनि बृद्धि जारी रह्यो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ४१ कम्पनीहरुको चार अर्ब ५९ करोड ९५ लाख  रुपैयाँ बराबरका ६९ लाख ३५ हजार कित्ता सेयरहरु–खरिद बिक्री भए ।

गत साता १ सय ४५ कम्पनीहरुको चार अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरका ७४ लाख २४ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताकोभन्दा ५ प्रतिशतले बढी हो ।

साताको नेप्से परिसूचक पनि पहिलो दिनको तुलनामा साढे १० अंकले बढेर अन्तिम दिन १४ सय ६४ अंकमा पुग्यो ।

यो साता कारोबार रकमको आधारमा स्ट्यान्डर्ड चार्टड बैंक, कारोबार भएको सेयर संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी र कारोबार संख्याको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहे ।

कारोबार रकमकै आधारमा स्ट्यान्डर्ड चार्टड बैंकलाई नेपाल लाइफ इस्योरेन्स, नेपाल बंगलादेश बैंक, ग्लोबल आइएमइ बैंक र एभरेस्ट बैंकले क्रमशः पच्छ्याउन पुगे ।