
धनकुटा, वैशाख १८ । नेकपा एमालेका नेता माधवकुमार नेपालले माओवादीहरुलाई अत्याएर शान्तिप्रक्रिया सफल नहुने बताएका छन् ।
शनिबार धनकुटामा सन्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले खाटा बसिसकेको द्वन्द्वको घाउलाई कोट्याएर माओवादी अत्याउने काम सुरु भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
उनले व्यक्तिगत् रिसइबीका आधारमा उजुरी सुन्न नहुने बताए ।
बेपत्ता छानबिन आयोगले देशभरिबाटै उजुरी लिने काम सुरु भएपछि माओवादीहरु अत्तालिएको उनको भनाइ थियो ।
नेता नेपालले जघन्य अपराधबाहेकका घटनालाई मेलमिलापबाट टुंगो लगाउनुपर्ने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्