१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सरकार पूर्णरुपमा असफल : देउवा


0
Shares

काठमाडौं, वैशाख १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार पूर्णरुपमा असफल भएको बताएका छन् ।

तेज–तीर्थ ट्रष्टले शनिबार राजधानीमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्ने दल नेकपा एमालेका कारण सरकार असफल भएको बताएका हुन् ।

उनले एमाले एकलौटी ढंगले अघि बढिरहेको भन्दै सहमति र सहकार्यबिना मधेसको समस्या र संघीयताको सीमांकनमा देखिएको विवाद अन्त्य हुन नसक्ने दाबी गरे ।

विद्यमान संकटको समाधान गर्न विपक्षी पार्टीसँग सहमति र सहकार्यबिना सम्भव नहुने उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अस्थिरताविरुद्ध नयाँ राजनीतिक माहोल आवश्यक रहेको बताए ।

उनले मुलुकमा अझैपनि दन्डहीनताको अन्त्य नभएको भन्दै यसको अन्त्यका लागि मानवअधिकारको क्षेत्रमा कार्यरत् संघ–संस्थालाई गम्भीरतापूर्वक लाग्न आग्रह गरे ।

कार्यक्रममा ट्रष्टले प्रत्येक वर्ष लोकतन्त्र दिवसको अवसरमा प्रदान गर्ने तेज–तीर्थ राष्ट्रिय लोकतान्त्रिक शान्ति पुरस्कार एमनेष्टी इन्टरनेसनललाई प्रदान गरियो ।

ट्रष्टले मानवअधिकार, शान्ति तथा लोकतन्त्रको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै एक लाख रुपैयाँसहितको पुरस्कार एमनेस्टीलाई प्रदान गरेको हो ।