१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री


0
Shares

विराटनगर, वैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अहिलेको अवस्थामा दलहरुले राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन एवं संविधान कार्यान्वयनको चुनौती सामना गर्न पनि दलहरु एक ठाउँ उभिन आवश्यक रहेको बताए ।

उनले मधेसी मोर्चासँग सरकार वार्ता र संवादबाट समस्या समाधान गर्न तयार रहेको जनाए ।

प्रधानमन्त्री ओलीले सरकारले जनताले सम्झनालायक बजेट ल्याउने तयारी गरिरहेको पनि बताए ।