१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


संसद नियमावलीमा सहमति जुटाउन सभामुखको दौडधुप


0
Shares

काठमाडौं, वैशाख १७ । सभामुख ओनसरी घर्तीले संसद् नियमावलीमा विषयमा सहमति जुटाउन पहल शुरु गरेकी छन् । सभामुख घर्तीले व्यवस्थापिका संसद्को अधिवेशन शुरु गर्नुअघि नै मस्यौदामा सहमति जुटाउन पहल गरेकी हुन् ।

यस क्रममा उनले आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग परामर्श गरेकी छन् । देउवा निवास बुढानिलकण्ठमा पुगेकी सभामुख घर्तीले नियमावली मस्यौदाका विषयमा दलहरुबीच भएको विवाद समाधानका लागि पहल गर्न आग्रह गरेकी थिइन् । उनले नियमावलीको सम्बन्धमा प्रमुख दलका शीर्ष नेताहरु बसेर पुनः छलफल गर्ने सहमति भएको बताइन् ।

यस क्रममा कांग्रेस सभापति देउवाले नियमावलीका विवादित विषय शीर्ष नेतृत्वबाटै टुंगो लगाउन आफू तयार रहेको बताएका थिए ।

सभामुख घर्तीले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरेर नियमावलीमा सहमति जुटाउन पहल गर्ने बताइन् । व्यवस्थापिका संसद्को अधिवेशन वैशाख २१ गतेका लागि बोलाइएको छ । त्यसअघि नै नियमावलीमा सहमति जुटाउनुपर्ने हुन्छ ।