१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


कांग्रेसले पुनर्निर्माणका लागि नेता एवं कार्यकर्ता परिचालन गर्ने


0
Shares

काठमाडौं, बैशाख १६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पुनर्निर्माणका लागि सरकारले खटाएका इन्जिनियर एवं जिल्ला विकास समितिका प्राविधिकहरुसँग समन्वय गरी काम गर्न जिल्ला नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

हालै सरकारले पुनर्निर्माणका लागि १ हजार ३४६ जना इन्जिनियर खटाएको थियो । उनीहरुलाई सहयोग गर्न कांग्रेसले भूकम्प प्रभावित जिल्लाका जिल्लास्तरीय नेता एवं कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित जिल्लाका गाउँ टोलहरुमा खटिएका इन्जिनियर र जिल्ला विकास कार्यालय प्राविधिक शाखासँग समन्वय गरी उक्त कार्यमा सम्बन्धित जिल्लाले पार्टीका सबै निकाय परिचालित गर्नु गराउनु हुन यसै विज्ञप्ति मार्फत निर्देश गरिन्छ भनि पार्टीका मूख्य सचिव ऋषिकेश तिवारीलेनिकालेको विज्ञप्तिमा भनिएको छ ।

पुनर्निर्माणको सम्पूर्ण अनुगमन पार्टी केन्द्रीय कार्यालयले गर्ने कांग्रेसले जनाएको छ । सम्बन्धित जिल्लामा खटिएका प्रत्येक इन्जिनियरसँग समन्वय गरी प्रत्येक गाऊँ टोलका लागि पार्टीको तर्फबाट २०÷२० जना कार्यकर्ता सहभागी गराउने निर्णय कांग्रेसले गरेको छ ।